Back To Our Main Page Click On Back To Homepage

Poem उनकै यादमा

उनकै यादमा
सत्र बर्से जवानीलाई सम्झी ल्याउदा खेरी
त्यो बेलाकी प्रेमिकाको याद आयो फेरी
सुख दुख संगै बाड्ने बाचा गर्थ्यौ पहिले
भेट घाट नभएरै बर्षौ बित्यो अहिले
उनि जता भएपनि सम्झी रहन्छु मैले
उनको व्यथा बुझ्न पाईन हामी छुट्नु पहिले
मेरो लागि उनि धेरै छट्पटन्थिईन् जहिले
त्यो बेलामा उनको इच्छा मारिदिए मैले
आज फेरी देखे मैले उस्तै उस्तै परी
सपनीमा आई घुम्छिन मेरै वरिपरी
उस्तै रुप उस्तै बोलि उस्तै हाउ भाउ
भन्न कहिल्यै सक्दिनम मेरै नजीक आउ
उनकै यादमा आज म यो कविता लेक्छु
बिपनी वा सपनी होस् उनीलाई नै देक्छु
त्यसले त जवानीलाई सम्झी सम्झी रुन्छु
उस्तै कोहि देखे भने उनकै यादमा हुन्छु
मेरो व्यथा बुझिदिने तिमि थियौ पहिले
मेरो नजीक आइ राख माफी देउ अहिले
बिगतको गल्तीहरु लाई सम्झदै छु मैले